काठमाडौँ

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । "/>

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका काम गर्ने

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका काम गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिन समेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।

शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
रासस

Logo