बाजुरा
बाजुरा जिल्लाका सबै स्थानीय तहमा गरिब घरधुरी पहिचान बोर्डले सूची तयार पारी परिचयपत्र वितरण गरी सेवा वितरणको योजना बनाएको छ ।
सूचीमा वास्तविक गरिब नभई हुने खानेको नाम समावेश गरी परिचयपत्र वितरण गरिएको भन्दै स्थानीयले बुढीनन्दा नगरपालिकाको तीन वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरिएका वडा नम्बर ७, ५ र १ मा शुक्रबार दिनभर काम हुन सकेन भने आज आइतबारबाट थप वडामा समेत तालाबन्दी गर्ने योजना रहेको केश गिरीले जानकारी दिए ।
गिरीले भने, ‘गाउँका हुने खाने कर्मचारी, शिक्षकहरु ‘क’ वर्गका गरिबहरु बनेका छन् । साँच्चैका गरिब सूचीमै छैनन् ।’ राजनीतिक दलका प्रमुख र शिक्षक अधिकृत तहका कर्मचारी पनि गरिब सूचीमा छन् ।
वडाभित्रका स्थानीयहरुले परिचयपत्र वितरण गरिरहेकै समयमा वडा कार्यालयमा तालाबन्दी गरेका थिए । ‘परिचयपत्र हचुवाको भरमा, वास्तविक गरिबको पहिचान नगरी मनोमानी ढंगले वितरण गरेकाले वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको हो,’ आन्दोलनमा रहेका स्थानीयहरु भन्छन् ।
उनीहरुले तालाबन्दी गर्दै वास्तविक घर परिवारहरु सूचीमा हुनुपर्ने भए पनि यसअघि गरिब घरधुरी सर्वेक्षण गर्ने क्रममा संकलन गर्ने कर्मचारीहरुको लापर्बाहीले वास्तविक सूचीमा नपरेको बताए । वास्तविक गरिबहरुको पुनः पहिचान नगरिँदा सम्म वडा कार्यालयमा तालाबन्दी जारी राख्ने उनीहरूले बताए ।
राजधानीबाट





























प्रतिक्रिया