अबुधाबी


प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो । "/>

प्रधानमन्त्री ओली अबुधाबीमा

प्रधानमन्त्री ओली अबुधाबीमा

केन्द्रबिन्दु
0
Shares

अबुधाबी

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ ।

 

अबुधाबी विमानस्थलमा उहाँलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गर्नुभयो ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था ) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।
रासस

Logo