काठमाडौं
नेपाली कांग्रेसले आफ्नो विधान संशोधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ । पार्टीको आगामी मंसिर ५ देखि ९ गते सम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो ।
मुलुक संघीयतामा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशोधन गर्न लागेको हो । पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको १३ सदस्यीय केन्द्रिय विधान संशोधन मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेको हो ।
विधान संशोधनबारे जानकारी दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री खड्काले सर्वसम्मत रुपमा प्रारम्भिक मस्यौदा तय भएको जानकारी गराए ।
प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन थप बहस र छलफल हुने उनले बताए । ‘प्रारम्भिक मस्यौदा लिएर हामी ७ प्रदेशका १२ स्थानमा पुग्दैछौं’ उनले भने, ‘मस्यौदाबारे ८ गते देखि १३ सम्म दफाबार छलफल तथा सुझाव लिइनेछ र ती सुझाव समेटेर १४ गते देखि समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ ।’ कांग्रेसले ३ महिना पहिले देखि नै देशभरका सबै जिल्ला समितिलाई विधान संशोधनबारे आधिकारिक प्रस्ताव राख्न पत्राचार गरेको थियो ।
नागरिकबाट





























प्रतिक्रिया