कालिकोट


ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका एउटा पुल कालो सुचिमा परे सँगै ४ वटा पुल अलपत्र परेका छन्  । "/>

ठेकेदारको लापरवाहीले कर्णाली राजमार्गका ५ वटा पुल निर्माण अलपत्र

ठेकेदारको लापरवाहीले कर्णाली राजमार्गका ५ वटा पुल निर्माण अलपत्र

केन्द्रबिन्दु
0
Shares

कालिकोट

ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका एउटा पुल कालो सुचिमा परे सँगै ४ वटा पुल अलपत्र परेका छन्  । म्याद सकिएको लामो समय भए पनि अझै सम्म पुलको निर्माण अधुरै रहेको छ । सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने ४ र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरि जम्मा ५ वटा पुलको निर्माण अलपत्र अवस्थामा रहेका छन् ।

 

निर्माण अलपत्र पार्नेमा रसुवाइलाईट सुर्य जे भि निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको दैलेखको जाग्सि खोला व्रिजपुल , जयवुद्ध नेपाल मेगा जे भि निर्माण सेवाले जिम्मा लिएको दैलेखको वोटखोला व्रिजपुल , रोशनश्याम एण्ड शंकर जेभि निर्माण सेवाले जिम्मा लिएका दैलेखमै पार्ने कुमाले खोलाको व्रिजपुल , गोल्डेन गुड जेभिले निर्माणको जिम्मा लिएको दैलेखको आठविसे नगरपालिका स्थित घटेखोलाको व्रिजपुल र कालिकोटको तिलागुफा नगरपालिका स्थित खल्ल्लागाड खोलको पुलहरुको म्याद थप गर्दा समेत अझै निर्माण अलपत्र अवस्थामा रहेकोे सुर्खेत सडक डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै सुर्खेत देखि दैलेखको दैखोला सम्म १२ वटा पुलको निर्माणको जिम्मा लिएको रसुवा निर्माण सेवाले पनि सम्झौता सकिन लाग्दा पनि पुलनिर्माणको अवस्था ढिला सुस्ति रहेको पनि पाईएको छ । कार्यालयका इन्जिनियर देवेन्द्र भटराईका अनुसार ठेकेदारले समयमै ठूलो लागतका पुल निर्माण नगर्दा यात्रु समस्या भोग्न बाध्य छन् ।

सरोकारवाला निकायको उदासीनता, ढिलासुस्ती र ठेकेदारको लापरबाहीका कारण कर्णाली राजमार्ग अन्तर्गत पर्ने अति आवश्यक ५ वटा व्रिजपुलको निर्माण कार्य अलपत्र परेकोे उनले बताए । कालिकोटको तिलागुफामा पर्ने टाकुल्ला खोलानको पुल भने वर्षौं समय खर्चिदा समेत पुल नवन्दा कालो सुचिमा परिसकेको बताउँदै बाँकि ५ ठाउँका पुल निर्माणको ठेक्का पाएको ४ वर्ष भन्दा बढी भइसक्यो,’ उनले भने ।
राजधानीबाट

Logo