काठमाडौं
सरकारले १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णय गरेको हो ।
यस अघि बुढिगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने तत्कालीन सरकारले गरेको निर्णय रद्ध गरिएकोमा सरकारले फेरि यस्तो निर्णय गरेको हो । बुढिगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने प्रस्ताव मुख्य सचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद् बैठकमा गरेका थिए ।
गेजुवाकाका नेपाल प्रतिनिधि दीपक भट्टले बुढिगण्डकी गेजुवालार्इ दिन राजनीतिक नेतृत्वलार्इ दबाब दिँदै आएका थिए । गेजुवा नेपालमा विवादित चिनियाँ कम्पनी हो । १२०० मेगावाट र वार्षिक रुपमा ४२५ करोड यूनिट विद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको छ । यो परियोजनाको लागत करिब २ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया