गोरखा

उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ । "/>

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा


गोरखा

उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लामा र सोही ठाउँका २८ वर्षिय लोप्चन तेन्वे सुन सहित पक्राउ परेपछि प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको खुलेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।

चुमनुब्री गाउँपालिका ३ फिलिममा प्रहरी चेकजाँचको क्रममा दुई जनाबाट १० किलो सुन प्रहरीले बरामद गरेर सदरमुकाम ल्याई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका दुई जनाबाट पाँच÷पाँच किलो सुन र आठ तोला तयारी गहना भेटिएको थियो ।

सुन सहित पक्राउ परेका दुबै जनाले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन् । उनीहरुका अनुसार तिब्बतमा खाद्यान्न सामग्री लिन जाँदा आउँदा जोङ भन्ने स्थानमा पासाङ भन्ने ब्यक्तीसंग चिनजान भएको थियो । पासाङको चिया पसलमा आउँदा जाँदा चिया खाने गरेकाले उनीसँग चिनजान भएको थियो ।

भरियाहरुले बताए अनुसार पासाङसंग एक चिनियाँ नागरिक कुरा गरिरहेका थिए । तिनै चिनियाँ नागरिक च्याङ्चिनले सुन काठमाडौं पु¥याएपछि ३ हजार धुर्मु (चिनियाँ रुपैयाँ) नेपाली ५० हजार दिन्छु भनेपछि उनीहरुले बोकेर आएको बताएका छन् । भरियाको मोबाइल नम्बर लिएर उनीहरुलाई काठमाडौं जान र त्यहाँ पुगेपछि फोन आउने र फोन गर्नेलाई सुन दिन भनेर पठाएको पक्राउ परेका दुबैले प्रहरीसँगको सोधपुछमा भनेका एसपी बस्नेतले बताए । काठमाण्डौंको न्यूरोडमा सुन पुर्याउने जिम्मा उनीहरुलाई थियो ।
नागरिकबाट

Logo