एक लाख १० हजार घुससहित लेखापाल र नासु रंगेहात पक्राउ

एक लाख १० हजार घुससहित लेखापाल र नासु रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख १० हजार घुससहित धोबिनी गाउँपालिका, पर्साका लेखापाल र नायव सुब्बालाई पक्राउ गरेको छ । अख्तियारले लेखापाल कृष्ण नन्दन राय यादव र नायव सुब्बा एनामुल हक अन्सारीलाई रंगेहात पक्राउ गरेको हो ।

उनीहरुले गाउँपालिकाबाट उपभोक्ता समितिमार्फत सम्पन्न भएको बाटो ढलान तथा नाला निर्माण र मन्दिर मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अख्यितयारले जनाएको छ ।

Skip This
Skip This
Logo