त्रिशूली बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाइते

त्रिशूली बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

त्रिशुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना पुरुषऽ दुई जना महिला र एक जना बालक रहेका छन् । घाइते १७ जनालाई भरतपुर अस्पताल र तीन जनालाई पोखराका विभिन्न अस्पतालमा रिफर गरिएको छ ।

आज दिउँसो काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खसेको थियो । तुम्लिङटारस्थित सडकखण्डमा रोकिराखेको अर्को गाडीसँग ठोक्किएर बस दुर्घटनामा परेको हो । बस करिब एक सय मिटर तल खसेको छ ।

Logo