काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षवीच वार्ताको शृङखला सुरु भएको छ । सचिव स्तरसँग वार्ता नगर्ने अडानमा बसेको केसी पक्ष आजवाट वार्ता गर्न राजी भएको हो । "/>

केसीसँग भयो वार्ता, भोली फेरि हुने

केसीसँग भयो वार्ता, भोली फेरि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षवीच वार्ताको शृङखला सुरु भएको छ । सचिव स्तरसँग वार्ता नगर्ने अडानमा बसेको केसी पक्ष आजवाट वार्ता गर्न राजी भएको हो । यसअघि वार्ता गर्न गएको सचिव नेतृत्वको टोलीलाई अनसनरत केसीले ‘ओलीका गुण्डासँग वार्ता हुन्न’ भन्दै फर्काइदिएका थिए ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता गर्नुपर्ने अडान छाडेपछि सरकारी टोलीसँग वार्ता भएको हो । शिक्षा मन्त्रालयमा भएको वार्ता भोली पनि हुने स्रोतले जनाएको छ । वार्ता सकिएपछि टोलीले प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा सरकारी वार्ता टोलीका संयोजक खगराज वराल र केसी पक्षवाट डा. अभिषेकराज सिंहले हस्ताक्षेर गरेका छन् ।

दुई पक्षलाई वार्ताको टेवलमा ल्याउन सहजकर्ताको रुपमा एमाले नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भूमीका खेलेको स्रोतले वताएको छ ।

Skip This
Skip This
Logo