काठमाडौं

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसी आफ्नो रगत परीक्षण गर्न तयार भएका छन् । "/>

आमाको आग्रह पछि रगत परीक्षण गर्न डा.केसी तयार

आमाको आग्रह पछि रगत परीक्षण गर्न डा.केसी तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसी आफ्नो रगत परीक्षण गर्न तयार भएका छन् । ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनी रगत परीक्षण गर्न तयार भएका हुन् । आइतबार साँझ छोरालार्इ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन् ।

भेटपछि उनले टेलिफोन मार्फत छोरा केसीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकि थिइन् । डा.केसीको स्वास्थ्यलाई नजिकबाट नियालिरहेकि डा.दिव्या सिंह शाह केहि दिन यता डा.केसीमा आएका परिवर्तनहरुका कारण चिन्तित रहँदै आएकि छिन् ।

डा.दिव्याले बताएका कुरा सुनिसकेपछी र आमाको विशेष आग्रहमा डा.केसीले रगत परीक्षण गराउन सहमति दिएका थिए । यता रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन् । रगतका सम्पुर्ण प्यारामिटरहरु असामान्य छन् । सेतो रक्तकोशिकाको संख्या अहिले सम्मकै न्यून देखिएको चिकित्सकले जनाएका छन् ।

रगतमा ग्लुकोजको मात्रा पनि अहिले सम्मकै सबैभन्दा न्यून देखिएको जनाइएको छ । अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको डा.केसीसँग रहेका उनका भाइ किशोर केसीले बताए ।
नागरिकबाट

 

Logo