काठमाडौं

प्रधानमन्त्री कार्यालयले मेडिकल अक्सिजन ग्याँसको मूल्य आफूखुसी तोक्ने उत्पादक कम्पनी तथा सञ्चालकलाई कारबाही गर्न निर्देशन दिएको छ । "/>

आफूखुसी मूल्यवृद्धि गर्ने अक्सिजन कम्पनि माथी सरकारको छानबिन शुरु

आफूखुसी मूल्यवृद्धि गर्ने अक्सिजन कम्पनि माथी सरकारको छानबिन शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री कार्यालयले मेडिकल अक्सिजन ग्याँसको मूल्य आफूखुसी तोक्ने उत्पादक कम्पनी तथा सञ्चालकलाई कारबाही गर्न निर्देशन दिएको छ । शुक्रबार गृह मन्त्रालयलाई परिपत्र गर्दै प्रधानमन्त्री कार्यालयले मेडिकल अक्सिजन जस्तो अति संवेदनशील वस्तुको उत्पादन तथा विक्री वितरण र मूल्य निर्धारणमा सिन्डिकेट तथा कालोबजारी गर्ने माथी तत्काल कारबाही थाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनसँगै आफूलाई मुलुकमा कहलिएका औद्योगिक प्रतिष्ठानका सञ्चालक कालोबजारी ऐन अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् ।

“अक्सिजन जस्तो संवेदनशील र अत्यावश्यक वस्तुमा गरिएको अत्यधिक मूल्यवृद्धि र सिन्डिकेट गैरकानुनी हो,” प्रधानमन्त्री कार्यालयले भनेको छ, “ग्यासमा गरिएको १२५ प्रतिशत मूल्यवृद्धि तत्काल नियन्त्रण गरी संलग्न माथी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छौं ।”

मूल्यवृद्धिको निर्णय ग्यास उत्पादक संघले गरेको हो । जस अनुसार १० लिटर र ४७ लिटरका साना र ठूलो दुवै अक्सिजन ग्यास सिलिन्डरको मूल्य १ सय २५ प्रतिशत सम्म बढाउने सहमति भएको छ । सोही सहमतिका आधारमा असार १९ गते संघले साउन १ गते देखि नयाँ मूल्य निर्धारण गरेको थियो ।

प्रधानमन्त्री कार्यालयको पत्रपछि गृह मन्त्रलयले देशभर अक्सिजन उत्पादन गर्दै आएका १० कम्पनी माथी छानबिन अघि बढाइसकेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रधानमन्त्री कार्यालयको पत्र कार्यान्वयनका लागि देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाइएको बताए ।
कारोबारबाट

Skip This
Skip This
Logo