काठमाडौं
धोवीघाटकी सरला भट्टराई चक्रपथको बाटो काट्ने चिन्ताले हैरान छिन् । छोरीको स्कुल धोवीघाट वारी आउन पारीबाट १५ मिनेटको बाटो पार गरेर फेरि त्यतिनै हिड्नुपर्ने बाध्यता छ । कलंकी–सातदोबाटो–कोटेश्वर सडक चीन सरकारले आकर्षक त बनायो तर आवश्यकता अनुसार आकाशे पुल नहुँदा धोवीघाटकी सरलालाई जावलाखेल आउन बाटो काट्न सानेपा वा एकान्तकुना पुग्नुपर्छ । यो समस्या उनको मात्रै नभएर यो बाटो पार गर्नु पर्ने हरेक पैदल यात्रुको हो । चिनियाँ सहयोगमा निर्माण भएर अन्तिम चरणको काम भइरहेको चक्रपथमा आकाशे पुल निर्माण ढिलाइले पैदल यात्रुलाई बाटो पार गर्न डेढ किलोमिटर सम्मको यात्रा तय गर्नुपर्छ ।
चीन सरकारले अनुदानमा बनाइदिएको आठ लेनको यो सडकमा पर्याप्त मात्रा आकाशे पुल र जेब्रा क्रस नहुँदा सडक प्रयोगकर्तालाई नै समस्या छ । यो सडकको प्रति ३ किमिमा १/१ गरी १० किमिको सडक खण्डमा जम्मा तीन वटा मात्रै आकाशे पुल छन् । यो सडक निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि थप सात वटा आकाशे पुल बनाउने योजना पछाडि धकेलिँदै गएको छ ।
सडक विस्तारको जिम्मा पाएको सडक विभाग अन्तर्गतको चक्रपथ सुधार आयोजनाले भने चिनियाँ कम्पनीले सडक हस्तान्तरणसँगै नयाँ सातवटा आकाशे पुल पनि सञ्चालनको तयारी गरिरहेको छ । सडक निर्माण भएर प्रयोगमा आउन थालिसकेकाले पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती भइरहेको आयोजना प्रमुख प्रकाश भण्डारीले बताए । उनले भने,‘ चिनियाँ कम्पनीले आगामी पुसमा सडक हस्तान्तरण गर्ने भएको छ । यो समय सम्ममा हामीले थप सातवटा आकाशेपुल बनाएर सञ्चालन गरिसक्ने गरी काम गराइरहेका छौं ।’
भण्डारीका अनुसार आयोजनाले प्रतिएक किमिमा एकएक वटा पुल पर्ने गरी १० वटा पुल हुनेछन् । चिनियाँ पक्षले तीन वटा निर्माण गरेकाले अब हामी सात वटा बनाउने प्रक्रियामा छौं । ६ वटा आकाशे पुल बनाउन निर्णय भएको छ । अर्को एक पुलको पनि ठेक्का अन्तिम तयारीमा रहेकाले ६ महिना भित्रमा निर्माण सकिने गरी काम अगाडि बढिरहेको जानकारी भण्डारीले दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया