जनकपुरधाम
पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै यान्त्रिक जाँच गरी प्रहरीले चालकलाई सचेत गराउन अभियान शुरु गरिएको छ । चालकलाई सवारी साधनको अवस्था कस्तो छ भनेर बुझाउन प्राविधिकबाटै यान्त्रिक जाँच गराएर कमी कमजोरी देखाउँदै सडक सभ्यता अभिवृद्धि तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम थालिएको प्रहरीले जनाएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक दिनेश अमात्य नेतृत्वको टोली प्राविधिक सहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न ठाउँमा खटिएको थियो । त्यस क्रममा धनुषाको ढल्केवर र लालगढ सडकखण्डमा दर्जनौं यात्रुवाहक सवारी साधन जाँच गरी यात्रा गर्न मिल्ने÷नमिल्ने अवस्थाबारे चालकलाई अवगत गराइएको थियो । प्राविधिकले गाडीका पांग्रामा हावा भरिएको वा नभएको, बत्ती बले÷नबलेको, वाइपर दुरुस्त रहे÷ नरहेको, यात्रुलाई सिट क्षमता बमोजिम राखिएको वा बढी कोच्चिएर यात्रा गरिएको लगायत जाँच गरेका थिए। सवारी साधनमा भएका कमजोरीबारे चालकलाई सचेत पार्दै यथाशीघ्र गाडी दुरुस्त गर्न निर्देशन दिइएको थियो । प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक दिनेश अमात्यले यो अभियानले दूर्घटना न्यूनिकरणमा ठूलो वल पुग्ने बताए ।
६ सय सवारी साधनको जाँच गर्दा सबैभन्दा बढी समस्या पांग्राको प्रेसर नमिल्नु देखिएको प्राविधिक जाँचमा खटिएका इन्जिनियर अजितकुमार मिश्रले बताए । अधिकांश चालकले पांग्रामा कति प्रेसर राखे सन्तुलित रूपमा गाडी गुड्छ भन्ने बुझेका छैनन उनले भने, ‘प्रेसरको सन्तुलन मिलेन भने गाडी अनियन्त्रित भई दुर्घटना हुने सम्भावना हुन्छ ।’
राजधानीबाट





























प्रतिक्रिया