काठमाडौँ
जुम्लामा अनशनरत डा गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबार देखि अनशनमा रहेका डा केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि दुई विशेषज्ञ चिकित्सक जुम्ला आए पनि केसीले सरकारले खटाएका चिकित्सकबाट नजाँच्ने जवाफ दिएका थिए । त्यसपछि वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सक लगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नु पर्ने अवस्था नभएको ब्रिफिङ गरेका छन् ।
डा. केसीको उपचारमा संलग्न डा. प्रवीणकुमार गिरीले केसीको स्वास्थ्यमा अनशन बस्नु अघि र अहिले के फरक छ भन्ने अवस्था नभएको बताए । ‘अनसन बस्नु अघि स्वास्थ्य जाँच गर्न पाइएन, पहिले जँचाएको रिपोर्ट भएको भए अहिलेको रिपोर्टसँग दाँजेर यथार्थ बुझ्न सकिन्थ्यो । के बिग्रियो या के सुध्रियो कसरी भन्ने ?’ डा गिरीले भने ।
अत्याधिक छाती दुखेपछि केसीलाई बिहीबार अस्पताल लगिएको थियो । उनलाई अक्सिजन र स्लाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधि समेत खान नमानेको डा. गिरीले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया