हेटौँडा

प्रदेश नं ३ को बुधबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, ०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे । "/>

प्रदेश नं ३ को बैठक : पन्ध्र लाख सम्मको आयमा कृषकलाई कर छुट दिन माग

प्रदेश नं ३ को बैठक : पन्ध्र लाख सम्मको आयमा कृषकलाई कर छुट दिन माग

केन्द्रबिन्दु
0
Shares

हेटौँडा

प्रदेश नं ३ को बुधबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, ०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे ।

उक्त विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक १५ लाख सम्मको आय गर्दा कर छुट दिनुपर्ने सुझाव दिए । बृहत पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई कर दायरामा ल्याउन पनि उनीहरुले माग गरे । सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेन्ट लगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजश्व वृद्धि गर्न सुझाएका थिए ।

विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार प्रणाली मार्फत विज्ञापनको कारोबार गर्न आर्थिक ऐन ल्याउनु पर्ने र विज्ञापन गर्दा ठूलो एजेन्सी मार्फत मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने प्रवाधान राखिँदा विज्ञापन एजेन्सीलाई करको दायरामा ल्याउन सजिलो हुने उनीहरुको सुझाव थियो ।

सार्वजनिक क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधनलाई समयानुकूल सेवामा सुधार गरी सर्वसाधारणलाई सुविधा उपलब्ध गराउन प्रदेश सरकारले नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिँदै सदस्यहरुले सार्वजनिक सवारीलाई करको दायरामा ल्याउँदा सर्वसाधारणलाई मर्का नपर्ने गरी कर निर्धारण गरिनु पर्ने बताए ।

सदस्यहरु सरेश नेपाल, डा राजाराम कार्की, शोभा शाक्य, सिर्जना सैंजु, सुरेशराज गोसाई, रीता माझी, पुकार महर्जन, ओमबहादुर घलान, नरोत्तम वैद्य, केशवप्रसाद पोखरेल, राधा घले र एकनाथ दाहालले विधेयक माथिको छलफलमा भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक आज बिहीबार अपराह्न ३ बजे बस्नेछ ।
रासस

Skip This
Skip This
Logo