पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ४ को नाम ‘गण्डकी’ सिफारिस गर्ने निर्णय गरेको छ । "/>

प्रदेश नं. ४ को नाम गण्डकी राखिने पक्का

प्रदेश नं. ४ को नाम गण्डकी राखिने पक्का

केन्द्रबिन्दु
0
Shares

पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ४ को नाम ‘गण्डकी’ सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको बैठकले प्रदेश नामबारे पार्टीको औपचारिक धारणा बनाएको हो । सत्तारुढ पार्टीले नामबारे अलमल गर्दा प्रदेश सभाको पूर्वनिर्धारित बैठक मंगलबार बस्न सकेको थिएन । एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीका सांसदले नामबारे एउटै धारणा बनाउन नसक्दा उक्त पार्टीको संसदीय दलको बैठक साता दिन सम्म बसेको थियो । साविक एमाले प्रदेशको नाम गण्डकी राख्नु पर्ने पक्षमा थियो भने माओवादी केन्द्रका सांसदले पहिचानलाई आधार बनाउनु पर्ने बताउँदै आएका थिए ।

संसदीय दलको बैठकमा सबै सांसदलाई बोल्न दिएर सबैका कुरा सुनिसकेपछि बुधबार नेकपा नामबारे निष्कर्षमा पुगेको हो । संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने पक्षमा सर्वसम्मत निर्णय गरेको बैठकका एक सहभागीले बताए ।

५९ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ सांसद छन् । नेकपाले नामबारे पार्टी धारणा टुंगो लगाएपछि अब प्रदेश ४ को नाम गण्डकी नै रहने पक्का पक्की देखिएको छ । स्थायी राजधानी पोखरा नै कायम राखिने निर्णय यस अघि नै भइसकेको छ ।
अन्नपूर्णबाट

Logo