काठमाडौं

नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीयतहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । "/>

नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी

नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी


काठमाडौं

नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीयतहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो ।

प्रहरीले थप दरबन्दी सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पुर्याउन पाँच सयभन्दा धेरै युनिट थप गरिनुपर्छ । प्रहरीको मुलुकभर अहिले प्रहरी प्रधान कार्यालय सहित दुई हजार ३३५ युनिट कार्यरत छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको थप दरबन्दी माग गरिएको जानकारी दिए । ‘मुलुकको प्रत्येक स्थानीयतहमा प्रहरीको उपस्थिति हुन कम्तीमा एक युनिट राख्नैपर्ने हुन्छ । यसका लागि गृह मन्त्रालयसँग थप दरबन्दी माग गरिएको छ,’ उनले भने ।
नयाँ पत्रिकाबाट

Logo