काठमाडौँ

काभ्रेको बनेपा सम्मको रुट परमिट लिएर १ चैतबाट अत्याधुनिक सेवा सहित मयुर यातायात सेवा प्रालिले बस सञ्चालन गरेपछि त्यसको विरोधमा उत्रिएका कोटेश्वरपूर्वका यातायात व्यवसायीहरूले बिहीबार देखि नियमित रूपमा बस सेवा सञ्चालन गर्नुका साथै भाडा पनि घटाएका छन् । "/>

मयुरसँग प्रतिश्पर्धा गर्न काभ्रेका पुराना वस व्यवसायीले बसभाडा घटाए

मयुरसँग प्रतिश्पर्धा गर्न काभ्रेका पुराना वस व्यवसायीले बसभाडा घटाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काभ्रेको बनेपा सम्मको रुट परमिट लिएर १ चैतबाट अत्याधुनिक सेवा सहित मयुर यातायात सेवा प्रालिले बस सञ्चालन गरेपछि त्यसको विरोधमा उत्रिएका कोटेश्वरपूर्वका यातायात व्यवसायीहरूले बिहीबार देखि नियमित रूपमा बस सेवा सञ्चालन गर्नुका साथै भाडा पनि घटाएका छन् ।

उनीहरूले मयुर र साझाले दिएको सेवामा नयाँ भाडा कायम गरेका हुन् । बनेपा देखि कोटेश्वर सम्म ४५ रुपैयाँ सम्म भाडा लिने गरेका व्यवसायीहरूले ३५ रुपैयाँमै सेवा दिन थालेका छन् । मयुरले बनेपा सम्म यातायात सेवा विस्तार गर्नु अघि काठमाडौं सम्मको भाडा ४५ लिने गरेका उनीहरूले ३५ रुपैयाँमै बनेपा–रत्नपार्क पु¥याउन थालेका हुन् ।

गएको एक हप्ता देखि मयुर लगायत अन्य नयाँ यातायातको रुट पर्मिट खारेजीको माग सहित आन्दोलन गरेका पुराना व्यवसायीहरुले हिजो देखि नियमित सेवा शुरु गरेका छन् । सरकारले भने यस रुटमा थप ५ वटा नयाँ यातायातलाई रुट पर्मिट दिइसकेको छ ।
राजधानीबाट

Logo