काठमाडौँ

तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको छ । "/>

फास्ट ट्र्याक डिपिआरका लागि इओआई आह्वान

फास्ट ट्र्याक डिपिआरका लागि इओआई आह्वान


काठमाडौँ

तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको छ । सेनाले १५ दिन भित्र निवेदन प्राप्त हुनेगरी स्वदेशी तथा विदेशी कम्पनीबाट इओआई आह्वान गरेको हो ।

सेनाले डिपिआर निर्माणका लागि निश्चित मापदण्ड बनाएको छ । उक्त मापदण्ड भित्र पर्ने कम्पनीले इओआई निवेदन दिन सक्ने सेनाले जनाएको छ । ‘हामीले निश्चित मापदण्ड बनाएका छौं, त्यस मापदण्ड भित्र पर्ने स्वदेशी तथा विदेशी कम्पनीले इओआई पेस गर्न सक्छन्,’ सेनाका प्रवक्ता गोकुल भण्डारीले भने । आवेदक कम्पनीको प्रारम्भिक प्रतिवेदन मूल्यांकन गरी मापदण्ड पूरा गर्नेलाई डिपिआर निर्माणको जिम्मा दिने सेनाले जनाएको छ ।

यसअघि नै भारतीय कम्पनी आइएल एन्ड एफएसले फास्ट ट्र्याकको डिपिआर तयार पारिसकेको थियो । सरकारबाट आयोजना निर्माणको जिम्मेवारी पाएपछि सेनाले आफैंले डिपिआर तयार गर्ने निर्णय गरेको हो । भारतीय कम्पनीले डिपिआरको मूल्य बढी भनेपछि नयाँ डिपिआर बनाउन लागिएको सेनाले जनाएको छ ।

सेनाले फास्ट ट्र्याक निर्माण तोकिएकै समयमा सम्पन्न गर्न हाल २० स्वदेशी निर्माण व्यवसायीसँग सम्झौता गरेको छ । अन्य तीन निर्माण व्यवसायीसँग समेत करार सम्झौता गर्ने तयारी भइरहेको सेनाले जनाएको छ । सेनाले पाँच निर्माण व्यवसायीसँग उपकरण उपलब्ध गराउन सम्झौता भएको जनाएको छ । त्यस्तै सडक क्षेत्रमा परेका रुख कटान र व्यवस्थापनलाई समेत तीव्र बनाएको तथा हाल मकवानपुरको बुदुने तथा लेनडाँडा इलाकामा रुख कटान कार्य भइरहेको सेनाले जनाएको छ ।
नागरिकबाट

Logo