काठमाडौँ

महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्री सहित दुई जनालाई पक्राउ गरेको छ । "/>

राजधानीमै ठूलो परिमाणको रक्तचन्दन सहित दुई जना पक्राउ

राजधानीमै ठूलो परिमाणको रक्तचन्दन सहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्री सहित दुई जनालाई पक्राउ गरेको छ । वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका झिल्केमान रुम्बा र सहचालक वुटवलका सुमन पुनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी ११ किलोग्राम रक्तचन्दन, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएको एक हजार ३०२ दाना, कुर्था सुरुवाल ६० थान, कुर्था टप्स दुई हजार ९८८ थान बरामद गरेको जानकारी दिएको छ । यसैगरी सिल्क साडी १४३ थान, सिल्क साडी ६४ थान, सिफन साडी ६९ थान, महिला चप्पल १८ जोर र पुरुषले लाउने सर्ट २१० थान बरामद गरेको छ । वृत्तले सोही बसबाट बिजुलीका सामान बोर्ड कभर, थ्री प्लक, फोर ब्लक सकेट, स्वीच लगायतका सामान पनि बरामद गरेको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले तस्करीको शैलीमा पनि परिवर्तन आएको बताए । “बसको सीट, छत र बोनेटमा कपडा भित्र लुकाएर सामान ल्याएको प्रहरीले फेला पारेको हो,”– उनले भने । उनले रक्तचन्दन र अन्य सामग्री ल्याउने मुख्य व्यक्तिको खोजी भइरहेको जानकारी दिए । बरामद गरिएका सामान मध्ये रक्त चन्दनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार र कुर्था, सुरुवाल र अन्य सामग्रीलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको परिसरले जनाएको छ ।
रासस

Logo