काठमाडौँ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको गृहकार्य शुरू गरेको छ । "/>

भत्किएको ३ वर्षपछि धरहरा पुनर्निर्माणको गृहकार्य शुरू

भत्किएको ३ वर्षपछि धरहरा पुनर्निर्माणको गृहकार्य शुरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको गृहकार्य शुरू गरेको छ । यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः जानकारी गराउने तयारी गरेको हो । उनले अघिल्लो कार्यकालमा भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणका लागि २०७२ साल फागुन ४ गते ‘म बनाउँछु मेरो धरहरा’ अभियान आरम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले पुनः चासो लिएपछि प्राधिकरणले यस्तो तत्परता देखाएको बताइन्छ । यसैक्रममा तीन प्रकारको माटो परीक्षण गर्न पुरातत्त्व विभागलाई पत्र पठाइएको र माटो परीक्षणको प्रतिवेदन आए लगत्तै टेन्डर आह्वान गरिने प्राधिकरण स्रोतले जनाएको छ । ओली पुनः प्रम बन्ना साथ प्राधिकरणले धरहरा बनाउनेबारे विज्ञसँग सल्लाह लिई माटो परीक्षण गर्न पठाएको थियो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले करिब ४ अर्ब रुपियाँको लागतमा दुई वर्ष भित्र सक्ने गरी पुनर्निर्माण गर्न लागिएको जानकारी दिए । अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले यस अभियानका लागि एक महिनाको तलब सहयोग गरेका थिए । त्यस लगत्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको थियो । हाल सम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न निकायले करिब ९ करोड रुपियाँ सहयोग गरिसकेका छन् ।

नेपाली सेनाले मात्र ६ करोड रुपियाँ सहयोग गरेको थियो । नेपाल टेलिकमले करिब ६ अर्ब रुपियाँ लागतमा निर्माण गर्ने जनाए पनि उसले हात झिकेपछि प्राधिकरण आफैंले धरहरा बनाउने निर्णय गरेको थियो । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले धरहराको ड्रइङ र डिजाइन तयार भइसकेको बताए । प्राधिकरणका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले पनि पुनर्निर्माण प्रक्रिया शुरू गरिएको जानकारी दिए। प्राधिकरणले हाल धरहराको ठुटो रहेको पुरानै स्थानमा धरहरा बनाउने तयारी गरेको छ । टक्सार विभाग बाहेकको क्षेत्रफल ओगटेर करिब २१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लािगएको प्राधिकरणका सहसचिव मानन्धरको भनार्इ छ ।

पुनर्निर्मित धरहराको उचाइ २ सय ४५ फिट हुनेछ । भित्र २ सय १३ र बाहिर २५ वटा सिँढी रहनेछन् । अपाङ्ग र वृद्धवृद्धाका लागि डबल लिफ्ट निर्माण हुनेछ । बाहिरबाट हेर्दा पहिलाको जस्तै बनाइनेछ । डिजाइनमा कुनै परिवर्तन गरिनेछैन । मन्त्रिपरिषद्को २०७२ असार ३१ गते बसेको बैठकले टक्सार र हुलाकको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । राष्ट्र बैंकले टक्सार विभागको जग्गा उपलब्ध गराउन नसक्ने जनाएपछि वैदेशिक हुलाक र धरहराको जग्गामा मात्र धरहरा निर्माण गर्न लागिएको हो।

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गरेका धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो । थापाले शुरूमा ११ तले धरहरा बनाएकोमा १९९० सालको भूकम्पमा भत्किएपछि जुद्धशमशेरले एक वर्ष लगाएर पुनर्निर्माण गरी ९ तलाको बनाएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo