काठमाडौँ
सरकारले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरूको सूची संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सूची संशोधन गरेको हो । अब जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् । तर गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी उपलब्ध गराइने भएको छ ।
बैठकपछि सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजक सम्मले कूटनीतिक राहदानी पाउने, गाउँपालिकाका अध्यक्षहरूले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको जानकारी दिए ।
यस्तै सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै गत निर्वाचनका वेला विभिन्न स्थानमा भएका बम विस्फोटका घाइतेहरूको उपचार खर्च व्यहोर्ने निर्णय पनि सरकारले गरेको छ । स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायता दिइनेछ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया