बैतडी
महाकाली नदी माथि झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका जिल्लाको तल्लो सोराड क्षेत्रका नागरिक अहिले निराश भएका छन् । "/>

महाकालीमा पुल बन्ने सपना अधुरै भएपछि नागरिक निराश

महाकालीमा पुल बन्ने सपना अधुरै भएपछि नागरिक निराश

केन्द्रबिन्दु
0
Shares

बैतडी
महाकाली नदी माथि झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका जिल्लाको तल्लो सोराड क्षेत्रका नागरिक अहिले निराश भएका छन् । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक वर्ष बढी भइसक्दा समेत पुल निर्माण कार्य अघि नबढेपछि स्थानीय चिन्तित बनेका हुन् ।

भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिले सम्म अघि नबढ्दा स्थानीय निराश भएका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, ‘महाकाली नदी माथि झोलुंगे पुल बनोस भन्ने हाम्रो वर्षौं देखिको सपना हो । पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि पुल निर्माण हुन्छ भन्ने आशा गरेका थियौं । तर ठेक्का भएको एक वर्ष बढी भइसक्दा समेत पुल निर्माणको काम नै सुरु नहुँदा हामी निराश बनेका छौं ।’

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको झोलुंगे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा भने काम नै सुरु हुन सकेको छैन । दार्चुलाको लालीमा पुल निर्माण भइसकेको छ भने तिग्रममा पुल निर्माण कार्य जारी छ ।

पञ्चेश्वरमा पुल निर्माणका लागि भारतीय सरकारबाट सहमति नपाउँदा पुल निर्माणको काम सुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खाम्पाचे शेर्पा निर्माण सेवा प्रालिका धन बहादुर कुँवरले बताए । उनले भने, ‘हाम्रो कम्पनीले पुल निर्माणका लागि सम्झौता गरेको साँचो हो । तर पञ्चेश्वरमा पुल निर्माणका लागि भारत सरकारले अहिलेसम्म स्वीकृति दिएको छैन । त्यसैले हामीले काम अघि बढाउन सकेका छैनौं।’
अन्नपूर्णबाट

Logo