काठमाडौँ
गृह मन्त्रालयले प्रहरीको सेवा अवधि तत्काललाई ३० वर्ष नै कायम गर्ने तयारी गरेको छ । गृह मन्त्रालयमा शनिबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफलमा ३० वर्षे सेवा अवधिलाई तत्काल नहटाउने राय सुझाव आएपछि मन्त्रालयले सो तयारी गरेको हो ।
स्रोतका अनुसार, गृहसचिव मोहनकृष्ण सापकोटा, गृहका सहसचिव तथा उपसचिव लगायतको सहभागिता रहेको बैठकमा अधिकांशले नेतृत्व परिवर्तनको सँघारमा प्रहरीको सेवा अवधिमा विवाद गर्न नहुने धारणा राख्दै हालको ३० वर्षे सेवा अवधि नै कायम गर्न उचित हुने सुझाव दिएका थिए ।
गृह मन्त्रालयले यसअघि तयार पारेको संघीय प्रहरी ऐन सम्बन्धी मस्यौदामा भने ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेरहद कायम गर्ने उल्लेख छ । ‘३० वर्षे सेवा अवधि हटाउने कि कायम राख्ने , प्रहरीको चेन अफ कमान्ड के हुने भन्ने विषयमा शनिबारको बैठकमा धेरै छलफल भयो । अधिकांशको राय ३० वर्षे हटाउनु हुँदैन भन्ने आएको छ,’ छलफलमा सहभागी गृहका एक उपसचिवले भने ।
राजधानीबाट





























प्रतिक्रिया