नवलपरासी,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय राम बहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ ख ३९२२ नं को माइक्रो र विपरीत दिशाबाट आएको लु ३४ प ७०८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन् ।
यसैबीच कावासोतीको कालीगण्डकी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको पूर्व ग ४ प ६५२१ नंको बाइक र विपरीत दिशाबाट आइरहेको लु ३५ प ६४२८ नंको पल्सर बाइक एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । रासस





























प्रतिक्रिया