काठमाडौं
कर्मचारी समोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालय देखि संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सम्मको संरचना स्थायीरूपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ । "/>

वडा देखि प्रधानमन्त्री कार्यालय सम्मको संरचना फेरिँदै

वडा देखि प्रधानमन्त्री कार्यालय सम्मको संरचना फेरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
कर्मचारी समोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालय देखि संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सम्मको संरचना स्थायीरूपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ । स्थायी रूपमा संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेको काम टुंग्याउँन मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका मुख्यसचिवको अध्यक्षतमा प्रधानमन्त्री कार्यालयमा सचिवहरूको दिनहुँजसो बैठक बस्ने गरेको छ ।

सके सम्म चाँडै ओएनएमको काम टुंग्याउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणमा संघ र प्रदेशमा रहने मन्त्रालयको संगठन संरचना, संघमा रहने सचिवालय, आयोग, विभाग, कार्यालय वा एकाइ, प्रदेशमा रहने कार्यालय वा एकाइ, स्थानीय तहमा रहने कार्यालय, एकाइ वा सेवा केन्द्र, संघ, प्रदेश र स्थानीय तहको सेवामा रहने सेवा, समूह वा उपसमूह, संघ, प्रदेश र स्थानीय तहको सेवामा रहने श्रेणी, तह वा स्तर, र संघ, प्रदेश र स्थानीय तहमा रहने सेवा, समूह वा उपसमूह तथा श्रेणी, तह वा स्तर अनुसारको संगठन संरचना र कार्यविवरण सहित कर्मचारी दरबन्दी टुग्याउने जिम्मेवारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सरकार तथा सेवा सञ्चालन गर्ने निकायले स्वीकृत भएको प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दीमा समायोजन नभए सम्मका लागि कर्मचारी खटाउँदा सरकारी सेवाका कर्मचारीलाई कामकाज गर्न खटाउने व्यवस्था नियमावलीमा राखिएको छ ।
नागरिकबाट

Logo