काठमाडौँ
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज देशब्यापी आम शैक्षिक हड्ताल गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल बहादुर तमाङले पूर्व निर्धारित देशब्यापी आम शैक्षिक हड्तालको कार्यक्रम फिर्ता नभएको बताए ।
राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले गिरफ्तार गरेका सबै नेता कार्यकताको रिहाइ भएमा भने शैक्षिक हड्ताल फिर्ता हुने तर त्यो सम्भावना भने नरहेको उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले यस अघि पनि पटक पटक आफ्नो विभिन्न माग राख्दै गरेको शैक्षिक हडताल त्यति प्रभावकारी भएको थिएन ।
शैक्षिक हडताल उल्लंख गरे पछि उनिहरुको निशानामा परिने डरले स्कुल कलेजहरुका सञ्चालकले स्कुल कजेज खोल्ने आँट नगर्दा शैक्षिक हडताल सफल हुँदै आएको छ । शैक्षिक हडतालले गर्दा परीक्षा नजिकै आएका विद्यार्थी मारमा परेका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शैक्षिक हडताल सफल बनाउनका लागि सम्पूर्ण स्कुल, कलेजहरुमा निगरानी राख्ने बताईएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल तोकेको हो । सरकारले फागुन २७ देखि ३० सम्म राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीका नेताहरु धमाधम गिरफ्तार गर्न थालेको उनिहरुले आरोप लगाउँदै आएका छन् । राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले संगठनका नेता कार्यकर्ता धरपकड गरेको र उक्त्त ब्यवहारले आफुहरुलाई आक्रोशित बनाएको उसले बताएको छ । साथै आज शैक्षिक संस्था बन्द गरेर आफ्नो आन्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा आग्रह पनि गरेको छ ।





























प्रतिक्रिया