काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता जनयुद्ध भन्दा ठूलो परिघटना भएको बताएका छन् । "/>

पार्टी एकता जनयुद्ध भन्दा ठूलो परिघटना : प्रचण्ड

पार्टी एकता जनयुद्ध भन्दा ठूलो परिघटना : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता जनयुद्ध भन्दा ठूलो परिघटना भएको बताएका छन् ।
संघीय संसद भवन परिसरमा दुबै पार्टीका सांसदहरुलाई संयुक्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई पार्टीको एकता जनयुद्ध भन्दा ठूलो परिघटना भएको बताए ।

उनले इतिहासले महत्वपूर्ण जिम्मेवारी कम्युनिष्टहरुको काँधमा सुम्पिएको भन्दै सबैले जिम्मेवार भएर काम गर्नु पर्ने बताए । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार पार्न सांसदहरुलाई प्रशिक्षण दिएका हुन् ।
नेपाल समाचारपत्रबाट

Logo