काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । "/>

वाचा गरेको सहयोगको काम किन थालिएन ? : अमेरिकी राजदूतलाई ओलीको प्रश्न

वाचा गरेको सहयोगको काम किन थालिएन ? : अमेरिकी राजदूतलाई ओलीको प्रश्न


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद दिँदै अमेरिकी सरकारले नेपालको विकास लगायत क्षेत्रमा लामो समय देखि गरेको सहयोगको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री ओलीले भेटका क्रममा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा गर्ने भनिएको लगानी नआएकोमा राजदूतसँग प्रश्न गरेका छन् । उनले यो परियोजना अन्तर्गत ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने वाचा अमेरिकाले गरेर पनि काम नथालेकोमा प्रश्न गरेका थिए ।

ओलीले ६३० मिलियन डलर दिन्छु भनेर पनि अमेरिकाले काम नथालेकोमा दुःख व्यक्त गर्दै उक्त काम तत्काल सुरु गर्न राजदूत टेप्लिजसँग आग्रह गरेका छन् । यता राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा हिम्मतका साथ सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी छन् ।
अन्नपूर्णबाट

Logo