काठमाडौं
सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरम लगायत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरिया माथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन् । "/>

सिरिया हमलाका विभत्स तस्विरहरु सामाजिक संजालमा पोष्ट गर्दा संवेदनशिलता अपनाउन अनुरोध

सिरिया हमलाका विभत्स तस्विरहरु सामाजिक संजालमा पोष्ट गर्दा संवेदनशिलता अपनाउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरम लगायत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरिया माथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन् ।

सिरियामा गरिएको पछिल्लो आक्रमणको भत्र्सना गर्दै शान्ति स्थापना गराउने कार्यमा प्रभावकारी भूमिका निभाउन राष्ट्रसंघ समेतलाई आह्वान गरिएको अनेरास्ववियूका अध्यक्ष नवीना लामाले जानकारी दिइन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले ३० दिने संघर्ष विरामको प्रस्ताव पारित गरेको केही घण्टा नबित्दै सिरियामा शुरु भएको हिंसात्मक हमला प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिरियामा पछिल्लो समय सरकार र विद्रोही दुवै पक्षले प्रयोग गरिरहेको रसायनिक हतियारको प्रयोग रोक्न माग गरिएको पनि अध्यक्ष लामाले बताइन् ।

साथै सिरिया हमलाका विभत्स तस्विरहरु सामाजिक संजालमा पोष्ट गर्दा संवेदनशिलता अपनाउन पनि सबैमा अनुरोध गरिएको छ । हेर्नै डर लाग्ने तस्विर र भिडियोहरुले बालबालिका तथा अन्य नागरिक सबैमा नकारात्मक र मानसिक प्रभाव पर्ने भएकाले प्रयोगकर्ताहरुले संवेदनशिलता अपनाउनु पर्ने बताइएको छ ।
नागरिकबाट

Logo