काठमाडौँ
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर अचम्म के छ भने ती जहाज उडाउन एक जना मात्र क्याप्टेन छन् । निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजना मात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई मात्र छन् । उनलाई साथ दिने को–पाइलट चार जना छन् ।
‘दुइटा मात्र हुँदा त पर्याप्त उडाउन सकिएको थिएन झन् अब चार भएपछि नयाँ दुई जहाजलाई घाममा सेकाउने बाहेक अर्को विकल्प छैन,’ निगमका एक उच्च अधिकारीले मंगलबार लाचारी पोखे, ‘जहाज नहुँदा निगमले केही गर्न सकेन भन्छन् र अब हुँदा पनि केही गर्न नसकिने भयो ।’ निगममा चार थान वाई १२–ई जहाज उडाउन प्रशिक्षक पाइलट आङनुरी शेर्पा, वरिष्ठ क्याप्टेन भट्टराई, सञ्जयबादे श्रेष्ठ र क्याप्टेन उद्धव घिमिरे छन् ।
ती मध्ये राजीनामा दिएर हिँडेका प्रशिक्षक पाइलट शेर्पा दुई साता देखि अमेरिकामा छन् । वरिष्ठ क्याप्टेन श्रेष्ठ बिरामी बिदामा छन् भने क्याप्टेन घिमिरेको उडान लाइसेन्स नवीकरण फेल हुँदा उडाउन पाएका छैनन् । अर्का क्याप्टेन अनिशमान शाक्यले राजीनामा दिएका छन् । त्यही भएर चारवटै जहाजको जिम्मेवारी वरिष्ठ क्याप्टेन भट्टराईको काँधमा आएको हो ।
नागरिकबाट





























प्रतिक्रिया