काठमाडौं
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि सोमबार साँढे ९ बजे सपथ ग्रहणको कार्यतालिका छुट्याइएको छ । एमाले संसदीय दलको नेता डोरमणि पौडेल मुख्यमन्त्री बन्ने करिब निश्चित छ । "/>

प्रदेश ३ मा मुख्यमन्त्रीको शपथ आज बिहान साँढे ९ बजे

प्रदेश ३ मा मुख्यमन्त्रीको शपथ आज बिहान साँढे ९ बजे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि सोमबार साँढे ९ बजे सपथ ग्रहणको कार्यतालिका छुट्याइएको छ । एमाले संसदीय दलको नेता डोरमणि पौडेल मुख्यमन्त्री बन्ने करिब निश्चित छ । पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराउने तयारी रहेको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले बताए ।

एमाले–माओवादी सांसदहरुको आइतबार छुट्टा–छुट्टै बसेको बैठकले संयुक्त हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि मुख्यमन्त्रीका लागि सपथ ग्रहणको बाटो खुलेको हो । सोमबार सपथ ग्रहण लगत्तै मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने डोरमणिको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले सपथ ग्रहण गरे लगत्तै दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने तयारी रहेको पनि उनको सचिवालयले जानकारी दियो । यस प्रदेशमा एमाले माओवादीबीच बढीमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति भएको छ । त्यस्तै हिजो नै पूर्वराज्यमन्त्री राधिका तामाङ प्रदेश ३ को उपसभामुखमा निर्विरोध निर्वाचित भएकी थिइन् भने उनले सपथसँगै पदभार पनि ग्रहण गरिसकेकी छिन् ।
नयाँपत्रिकाबाट

Logo