काठमाडौं ।

हिन्दुहरुको महानचाँड महाशिवरात्रि आउन दुई दिन बाँकी हुँदा नेपालको पशुपति परिसरमा भारतका विभिन्न स्थानबाट जोगीहरु आउन थालेका छन् । "/>

बाबाहरुले भरिन थाल्यो पशुपतिनाथ (हेर्नुहोस् फोटो)

बाबाहरुले भरिन थाल्यो पशुपतिनाथ (हेर्नुहोस् फोटो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिन्दुहरुको महानचाँड महाशिवरात्रि आउन दुई दिन बाँकी हुँदा नेपालको पशुपति परिसरमा भारतका विभिन्न स्थानबाट जोगीहरु आउन थालेका छन् ।

यो वर्ष पनि नेपालमा सयौँ जोगीहरु भारतबाट आइसकेका छन् । र आउने क्रम जारी रहेको छ । बाबा मोहननाथ गुरुगद्दि जालोर र शिवसेना नेपालको संयुक्त प्रयासमा विशाल भण्डारा चलाएको छ ।

माघ २२ गतेबाट सुरु भएको यस भण्डारामा दैनिक १७ सय जोगी तथा असहायले खाना खादै आएको भण्डारा सञ्चालक ज्वाला मण्डलले बताए ।

मण्डलका अनुसार उनीहरुले चलाएको यस भण्डाराले आगामी फागुन २ गतेसम्म बाबाहरुलाई खानाको व्यवस्था गर्ने भएको छ ।

बाबाहरुलाईविदाईको दिन केही खर्च पनि दिने गरेको छ सञ्चालक मण्डलले बताए ।

तस्वीरः प्रेमकुमार श्रेष्ठ/केन्द्रबिन्दु

Logo