बिराटनगर ।

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । शुक्रबार भएको निर्वाचनमा प्रदेश नम्बर १ बाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । "/>

संसदीय दलको नेतामा शेरधन राई विजयी

संसदीय दलको नेतामा शेरधन राई विजयी


बिराटनगर ।

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । शुक्रबार भएको निर्वाचनमा प्रदेश नम्बर १ बाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत बदर भएको छ ।

मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद छन् । माओवादीको १६ सांसद छन् ।

Logo