भक्तपुर। भक्तपुरमा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । महानगरीय प्रहरी परिषर, भक्तपुरका अनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल चाँगुनारायण–६, खरिपाटीस्थित बँेसी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरा नजिकै फेला परेकी हुन ।
उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया