काठमाडौं
प्रदेश १ को मुख्यमन्त्रीको टुंगो शुक्रबार लाग्दैछ । सके सम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । "/>

मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन

मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदेश १ को मुख्यमन्त्रीको टुंगो शुक्रबार लाग्दैछ । सके सम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ ।

यता उपसभामुख, मन्त्री र सचेतक कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको र चाँडै निर्णय गर्ने माओवादी प्रदेश १ का संयोजक सावित्रीकुमार काफ्लेले बताए । वाम गठबन्धनमा रहेको एमालेले प्रदेश १ मा पुरुष वा महिला कसलाई सभामुख बनाउने भन्ने बारे निर्णय गरि नसकेकाले माओवादी केन्द्रले पनि आफ्नो भागमा परेको उपसभामुखको नाम टुंग्याउन नसकेको हो ।
नयाँपत्रिकाबाट

Logo