सुर्खेत
प्रदेश नं ६ मा हिजो भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवन बहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसकेका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । "/>

प्रदेश ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

प्रदेश ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

सुर्खेत
प्रदेश नं ६ मा हिजो भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवन बहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसकेका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

बुढाले तीन हजार ७२० मत पाएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए । बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए । त्यस्तै लुहारले तीन हजार ६६६ मत ल्याएका थियो भने उनका प्रतिद्वन्द्वी काँग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी छन भने युटुल माओवादी केन्द्रकी हुन । बाँकी खुलातर्फको मतपरिणाम आएको छैन ।
नागरिकबाट

 

Logo