काठमाडौं ।
प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरेका छन्।
यस्तै अपांगता र अल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन । राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे । यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ ।





























प्रतिक्रिया