काठमाडौं ।

फागुन दोस्रो साताबाट नयाँ सरकारको गठन प्रकृया सुरु हुने भएको छ ।  निर्वाचन आयोगले फागुनको ५ गतेभित्र समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गरेपछि सरकार गठनको बाटो खुल्नेछ । "/>

फागुन दोस्रो साताबाट नयाँ सरकार गठन प्रकृया सुरु हुने

फागुन दोस्रो साताबाट नयाँ सरकार गठन प्रकृया सुरु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फागुन दोस्रो साताबाट नयाँ सरकारको गठन प्रकृया सुरु हुने भएको छ । निर्वाचन आयोगले फागुनको ५ गतेभित्र समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गरेपछि सरकार गठनको बाटो खुल्नेछ । यस्तै राष्ट्रियसभा निर्वाचनको मत परिणाम २ दिनभित्रै सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ ।

आयोगको समयतालिकामा कुनै तलमाथी नभए प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजीनामा दिएर सरकार गठनको बाटो खुल्ला गर्ने प्रधानमन्त्री निकट स्रोतले बतायो । कानुनमन्त्री यज्ञबहादुर थापा भन्छन्, “अहिलेको संसद भनेको चुनाव सम्पन्न गर्न र संघियता कार्यान्वयनका लागी मात्र हो , यो सबै प्रकृया सकिएछि नयाँ आउने संसदले सरकार गठनको प्रकृया अगाडी बढाउँछन् ।”

प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजीनामा नदिएको भन्दै आलोचना हुदै आएको छ । यद्यपी समान्पातिक तर्फको मत परिणाम भने अझै निर्वाचन आयोगले सार्वजनिक गरेको छैन् ।

२६ गते दलहरुलाई आयोगले पत्र पठाउँदै

संसदमा महिलाको एक तिहाइ प्रतिनिधित्व हुने अवस्था नआएपछि आयोगले दलहरुलाई पत्राचार गर्ने भएको छ । समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुनु अगावै २६ गते नै दलहरुलाई पत्र पठाउने तयारी गरेको आयोग स्रोतले बतायो ।

अयोग भन्छ, “तीन दिनको समय दिएर दलहरुलाई महिलाहरुको नाम सिफारिस गर्न समय दिईन्छ, दलहरुले एक तिहाई महिला प्रतिनिधित्व हुनेगरि समानुपातिकमा महिलाहरुको नामावली पठाएपछि निर्वाचन मत परिणाम ढिलोमा फागुन ५ गते सार्वजनिक हुन्छ ।”

Logo