धादिङ
भूकम्प प्रतिरोध घर निर्माण गर्नु भन्दा सरकारले उपलब्ध गराउने भनिएको अनुदान रकम पाउनै कठिन भएको धादिङका भूकम्पपीडितहरुले गुनासो गरेका छन् । "/>

भदौ देखि दोस्रो किस्ताको लागि धाउने भूकम्पपीडितले पनि अनुदान पाएनन्

भदौ देखि दोस्रो किस्ताको लागि धाउने भूकम्पपीडितले पनि अनुदान पाएनन्

केन्द्रबिन्दु
0
Shares

धादिङ
भूकम्प प्रतिरोध घर निर्माण गर्नु भन्दा सरकारले उपलब्ध गराउने भनिएको अनुदान रकम पाउनै कठिन भएको धादिङका भूकम्पपीडितहरुले गुनासो गरेका छन् । इन्जिनियरको प्रत्यक्ष निगरानी र सिफारिसमा घर निर्माण गरिसक्दा सम्म पनि अनुदान रकम पाउन नसकेको पीडितहरुले गुनासो गरे ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्वर १० जयपुरीका हरिलाल मगर दोस्रो किस्ताको लागि बैंकमा धाउँदा धाउँदा हैरान भएको बताउँछन् । ‘अनेक दुःख कष्ट गरेर घर त बनाएँ तर सरकारले दिने भनेको रकम अहिले सम्म पाउन सकिन’ मगरले गुनासो गरे । गाउँमा तालिम प्राप्त डकर्मी अभाव भएको समयमा पनि जसो तसो गरेर सरकारी मापदण्ड पुरा गरेर घर बनाएका मगरले गत भदौ देखि नै दोस्रो किस्ताको लागि आवेदन दिएका हुन् ।

उनको घर इन्जिनियरले समेत प्रमाणिकरण गराइसकेका छन् । तर यति लामो समय बितिसक्दा पनि उनले दोस्रो किस्ता पाउन सकेका छैनन् । रकमको लागि उनी हरेक हप्ता जस्तो बैंकमा पुग्छन् तर पैसा आएकै छैन भनेर बैंकले रित्तो हात फर्काउने गरेको उनले बताए । इन्जिनियरको सिफारिस अनुसार घर निर्माण गर्दा पनि समयमा रकम नपाउँदा उनी दंग परेका छन् । ‘कि त समयमै रकम उपलब्ध गराउनु पर्यो हैन भने जनतालाई दुःख दिन पाइँदैन’ उनले भने ।
नयाँपत्रिकाबाट

Logo