वीरगन्ज
प्रदेश नम्बर २ को स्थायी राजधानी बनाउन माग गर्दै एक महिना देखि आन्दोलित वीरगन्जले मुख्यमन्त्री पाउने पक्का भएको छ । राजधानी आन्दोलन जारी रहेका बेला संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट विधायकमा निर्वाचित लालबाबु राउत गद्धीलाई चयन गरेपछि वीरगन्जले मुख्यमन्त्री पाउने निश्चित भएको हो ।
गद्धी वीरगन्ज महानगरपालिका–१५ का स्थायी बासिन्दा हुन् । उनी वीरगन्ज महानगरपालिका अन्तर्गत नै पर्साको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित विधायक पनि हुन् ।जनकपुरमा आइतवार अबेर राति सम्पन्न फोरम नेपालका प्रदेश सांसदहरुको बैठकले गद्धीलाई सर्वसम्मत संसदीय दलको नेता छानेपछि उनी नै मुख्यमन्त्री बन्ने निश्चित भएको हो । दलको नेताका लागि गद्धी सहितका सात जना आकांक्षी रहेपनि अन्तिम समयमा अरु ६ जनाले नाम फिर्ता लिएपछि गद्धी, सर्वसम्मत दलको नेता चयन भएका हुन् ।
प्रदेश नम्बर २ मा फोरम र राजपा गठबन्धनको सरकार बन्ने निश्चित छ । प्रदेश नम्बर २ मा फोरम नेपालको २९ र राजपाको २५ गरी मधेसी गठबन्धनको ५४ सिट छ । जुन एक सय सात सदस्य रहेको प्रदेश २ को सरकार गठनका लागि आवश्यक बहुमत संख्या हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया