काठमाडौं
प्रदेश सरकारका संरचना समयमै बन्न नसक्दा सातै प्रदेश अभावै अभावले जेलिएका छन् । व्यवस्थित कार्यालय, साधनस्रोत, कर्मचारी केही छैनन् । "/>

अभावै अभावमा जेलिँदै प्रदेशहरु, मुख्य अभाव कर्मचारी र गाडीको

अभावै अभावमा जेलिँदै प्रदेशहरु, मुख्य अभाव कर्मचारी र गाडीको

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदेश सरकारका संरचना समयमै बन्न नसक्दा सातै प्रदेश अभावै अभावले जेलिएका छन् । व्यवस्थित कार्यालय, साधनस्रोत, कर्मचारी केही छैनन् । काम राम्ररी हुन व्यवस्थित कार्यालय, कार्यालय भित्र साधनस्रोत र कर्मचारी आवश्यक पर्छ भने पदाधिकारीलाई यातायातका साधन । तर यी कुनै पनि अनिवार्य आवश्यकता प्रदेशमा छैनन् ।

प्रदेशसभाको बैठक धमाधम बस्न थालेका छन् भने अबको दुई साता भित्रै सातै प्रदेशमा मुख्यमन्त्री समेत आइ सक्नेछन् । सातै प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव खटिइसकेको भए पनि अधिकांशले भवन र कार्यालयको अभावमा पदबहाली गर्दै प्रशासनिक काम समेत सुरु गर्न पाएका छैनन् । मुख्यमन्त्रीको कार्यालयमा कम्तीमा ३० कर्मचारी रहने गरी केन्द्र सरकारले अस्थायी दरबन्दी स्वीकृत गरे पनि अहिले प्रमुख सचिव, सचिव लगायत ५,७ जना कर्मचारी मात्रै पुगेका छन् । प्रदेशमा रहने ६ वटा मन्त्रालय मध्ये हाल सम्म आन्तरिक मामिला र कानुन मन्त्रालय मात्रै स्थापना भएको छ । प्रदेश १ का मुख्यमन्त्री कार्यालयका प्रमुखसचिव यादवप्रसाद कोइरालाले अभावका चाङ बीच प्रदेशको कार्य सञ्चालन थालिएको बताए । ‘अभाव बीच जन्मिएको प्रदेशलाई हुर्काउँदै अगाडि बढाउनु पर्ने जिम्मेवारी छ, त्यसैले रातदिन मिहिनेत गरेर व्यवस्थापनमा खटिइरहेको छु’, उनले भने, ‘समस्या त भनि साध्य छैन तर विस्तारै म्यानेज गर्दै अघि बढेका छौं।’
अन्नपूर्णबाट

Logo