काठमाडौं
छोराका हत्यारालाई कारवाहीको माग राख्दै सत्याग्रही आन्दोलन र कानूनी लडाइँमा रहेकी गोरखाकी गंगामाया अधिकारीले अदालतले आफ्नो मुद्दाको पेशी पुनः सारेपछि असन्तुष्टि जनाएकी छन् । "/>

मुद्दाको पेसी पुनः सारिएपछि कानूनी लडाइँमा रहेकी गंगामायाको यस्तो आक्रोश !

मुद्दाको पेसी पुनः सारिएपछि कानूनी लडाइँमा रहेकी गंगामायाको यस्तो आक्रोश !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
छोराका हत्यारालाई कारवाहीको माग राख्दै सत्याग्रही आन्दोलन र कानूनी लडाइँमा रहेकी गोरखाकी गंगामाया अधिकारीले अदालतले आफ्नो मुद्दाको पेशी पुनः सारेपछि असन्तुष्टि जनाएकी छन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा जिल्ला अदालत चितवनले पुस २६ गते १९ औं पटक पेशी सारेपछि आमा गंगामायाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तिम सुनुवाईको अवस्थामा पुगेको मुद्दालाई विभिन्न कारण देखाई पटक पटक सार्नुले आफू आश्चर्यमा परेको र न्यायालयबाट समयमै मुद्दाको फैसला नहुँदा थप प्रताडित बनाएको उल्लेख गरेकी छन् ।

‘सत्य र न्यायको धरोहरका रुपमा रहेको न्यायालयबाट मुद्दाको छिटो किनारा नहुँदा म प्रताडित भएकी छु । जसले गर्दा देशमा सरकार छ, मानवअधिकार र विधिको शासन छ भन्ने कुरामा प्रश्न चिन्ह खडा भएको छ,’ उनले भनेकी छन् । सरकार र राजनीतिक दललाई पीडितले न्याय पाउने प्रक्रियामा तगारो नबन्न आग्रह गर्दै उनले दोषीलाई पक्राउ गरी चितवन अदालतमा विचाराधिन मुद्दा यथाशिघ्र अन्तिम किनारा लगाउन माग गरेकी छन् । ‘मेरो माग पूरा गर्न वेवास्ता गरे म जस्तो सुकै कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको सरकार, राजनीतिक दल र अदालत जिम्मेवार हुने जानकारी गराउँदछु,’ सत्याग्रहकै क्रममा श्रीमान नन्द प्रसाद अधिकारीलाई गुमाएकी गंगामायाले भनेकी छन् ।

तत्कालिन माओवादी सशस्त्र जनयुद्धको समयमा गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको ०६२ जेठ २४ गते अपहरण गरी हत्या गरिएको थियो । घटनापछि बुवा नन्दप्रसादले फुजेलकै छबिलाल पौडेल, भीमसेन पौडेल सहित १३ जना विरुद्ध प्रहरी मार्फत जिल्ला अदालत चितवनमा ०७० चैत ३० गते ज्यान मार्ने उद्योगमा मुद्दा हालेका थिए । उक्त मुद्दाको अझै फैसला भएको छैन् । मुद्दाको आगामी पेशी फागुन १३ गतेलाई तोकिएको छ ।
नागरिकबाट

Logo