चितवन
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टानका कारण रोकिएका सवारी हिजो राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् ।
हिजो त्यहाँ तोकिए भन्दा चार घण्टा बढी यातायात प्रभावित भएका थिए । बिहान १० बजे देखि ४ बजे सम्म सडक बन्द गरेर भित्तो काट्ने काम शुरु गरिए पनि घुमाउनेमा जोखिमयुक्त चट्टान भेटिएकाले ४ बजे नै खुल्नु पर्ने सडक राति ८ बजे मात्रै सञ्चालनमा आएको हो । चट्टान पन्छाउन समय लागेकाले चार घण्टा ढिला गरी सवारी सञचालनमा आएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । बिहान १० बजे देखि नै रोकिएका सवारी साधन १० घण्टापछि गन्तव्यतर्फ प्रस्थान गरेका थिए । तर हजारौँ सवारी सडकमा रहेकाले यातायात आवागमन भने प्रभावित बनेको थियो ।
रासस





























प्रतिक्रिया