नाच्ने पनि रोग हुन्छ ? यो कुरा वाहियात लाग्न सक्छ । तर फ्रान्समा यस्तै घटना भएको थियो । यो घटना १५१८ को हो । त्यहाँको स्ट्रसबर्ग शहरमा अचानक एक महिला नाच्न थालिन् । "/>

नाच्दा नाच्दै मर्ने यो कस्तो रोग ?

नाच्दा नाच्दै मर्ने यो कस्तो रोग ?

केन्द्रबिन्दु
0
Shares

नाच्ने पनि रोग हुन्छ ? यो कुरा वाहियात लाग्न सक्छ । तर फ्रान्समा यस्तै घटना भएको थियो । यो घटना १५१८ को हो । त्यहाँको स्ट्रसबर्ग शहरमा अचानक एक महिला नाच्न थालिन् । उनी केहि दिनसम्म नाचिरहिन् । एक हप्तापछि करिब १ सय जना नाच्ने थपिए ।

त्यसबेला त्यहाँका अधिकारीलाई लाग्यो कि, यो रोग उपचार गर्ने माध्याम हो । नाचेर उनीहरु रोगमुक्त हुन्छन् । आखिरमा उनीहरुलाई एक हलमा राखियो । त्यहाँ नाच्नेहरुलाई प्रेरित गर्न बाँसुरी र ड्रमको पनि व्यवस्था गरियो । पेशेवर नर्तकीलाई पैसा दिएर नाच्न बोलाइयो ।

तर केहि दिनपछि कमजोर मुटु भएकाहरु मर्न सुरु गरे । अगस्ट १५१८ सम्ममा ४ सय जना यो पागलपनको शिकार भइसकेका थिए । अन्त्यमा उनीहरुलाई ट्रकमा लादेर स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

तर यो पहिलो घटना थिएन । यूरोपमा पनि यस्तो रोगी फैलिएका थिए । बेल्जियम लगायतमा पनि यस्ता बिमारीको महामरी फैलिएको थियो । कतिले यसलाई कलेक्टिभ हिस्टेरिया मानेका छन् ।

यस्तो नृत्यमा गरिब, भोका, बिमारी र आध्यत्मिक निराशाले जुधेकाहरु सामेल थिए । यो नृत्य अवचेन अवस्थामा थियो, किनभने चेतन अवस्थामा त्यती धेरै समय नाच्नै सकिदैनथ्यो ।

Logo