काठमाडौँ
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ०७४ को नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले निर्वाचनका लागि चार प्रकारको आठ वटा मतपत्र सार्वजनिक गरेको हो । प्रदेशसभा सदस्यको लागि, स्थानीय तहका प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षको लागि, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न, प्रदेशसभा सदस्यको लागि, स्थानीय तहका प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षको लागि, दलित सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्य लगायतका लागि मतदान गर्न चार प्रकारका आठ वटा मतपत्र सार्वजनिक गरिएको हो।
प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ भने स्थानीय तहका प्रमुख , उपप्रमुख तथा अध्यक्ष , उपाध्यक्षका लागि रातो रंगको मतपत्र छापिएको छ । माघ २४ हुने निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८–८ जना निर्वाचित हुनेछन् । त्यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित ३ गरी ५९ सदस्यीय राष्ट्रियसभा बन्नेछ ।
नागरिकबाट





























प्रतिक्रिया