उत्तरी छिमेकी चीनमा उदेगलाग्दो घटनाहरु हुने गर्छ । यसपाली पनि त्यस्तै भयो । एक ११ बर्षिय बच्चा गर्भवती भए । यो कुराको रहस्य त्यसबेला मात्र खुल्यो, जतिबेला उनको गर्भ पाँच महिनाको भइसकेको थियो । यति सानी बच्चा राजीखुसीले गर्भवती हुने कुरै भएन । खासमा भन्ने हो भने, उनी स्कुलमा वलत्कारको शिकार बनेकी थिइन् ।
त्यहाँ स्कुलमै उनको बलत्कार भएको खुलासा भयो । उक्त बच्चीलाई दुई बर्षयता निरन्तर बलात्कार गरिदै आएको रहेछ । बलत्कार गर्ने अरु कोहि नभएर स्कुलकै सेक्युरिटी गार्ड रहेछन् ।
विद्यार्थीको नाम लेले भनिएको छ । सेक्युरिटी गार्डले उनलाई ९ बर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको खुलेको छ । जब बच्चाको स्वास्थ्यमा गडबड भएको अनुमान गरियो, तब उनकी आमाले चिकित्सककहाँ पु-याए । चिकित्सकले जाँचको क्रममा थाहा पाए, बच्चा गर्भवती रहेछ ।
चिकित्सकले भने, तिम्रो बच्चा पाँच महिनाको गर्भवती भइन् । बच्ची आफ्ना स्कुलको राम्रो विद्यार्थी थिइन् । अहिले उनलाई बलत्कार गर्ने गार्डलाई पक्राउ गरिएको छ ।





























प्रतिक्रिया