आचारसंहिता लागू, के के गर्न नपाईने ?

आचारसंहिता लागू, के के गर्न नपाईने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।

नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न शुक्रबारदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज जिल्ला निर्वाचन अधिकारीहरुलाई राष्ट्रिय सभा चुनावमा भोट हाल्ने तरिका सिकाउने भएको छ। तालिम लिएका निर्वाचन अधिकारीले आ–आफ्ना जिल्लामा राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई भोट हाल्ने तरिका सिकाउने छन् ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत पाइने छैन । वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले नछुने निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था छ। राष्ट्रियसभा सदस्य निर्वाचन माघ २४ गते हुनेछ ।

Logo