जिल्ला समन्वय समिति महासंघमा सुन्दास

जिल्ला समन्वय समिति महासंघमा सुन्दास

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १२ माघ । जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्षमा सीता सुन्दास चयन भएका छन्  । 

महासंघको दुई दिनसम्म राष्ट्रियसभा गृहमा भएको परिषद् बैठकले बिहीबार राति सुन्दासको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुन । यस्तै, उपाध्यक्षमा सन्तमान तामाङ चयन भएका छन्  ।  तामाङ जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख हुन । २५ सदस्यीय कार्यसमिति रहने महासंघमा अध्यक्ष, उपाध्यक्ष र २३ सदस्य रहने व्यवस्था रहेको छ । 

पहिले जिल्ला विकास समिति महासंघका रुपमा रहेको उक्त संस्था देश संघीयतामा गएपछि जिल्ला समन्वय समिति महासंघका रुपमा रुपान्तरण भएको हो । महासंघले जिल्लाको विकासका लागि स्थानीय तहसँग समन्वय गरेर काम गर्नेछ । रासस

Logo